You are viewing the translated version of सनाखत गराउनु पर्ने.
Section 4
सनाखत गराउनु पर्ने
(१) कुनै व्यक्तिमार्फत वा विद्युतीय माध्यम वा अन्य कुनै माध्यमबाट प्राप्त भएको जाहेरी दरखास्त वा सूचनाको विश्वसनीयतामा शंका भएमा त्यस्तो दरखास्त वा सूचना बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित व्यक्तिबाट सनाखत गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सनाखत हुन नसकेको दरखास्त वा सूचना उपर कुनै कारवाही हुने छैन ।
(३) उपनियम (२) बमोजिम कारवाही नभएका दरखास्त वा सूचनाको छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सनाखत हुन नसकेको दरखास्त वा सूचना उपर कुनै कारवाही हुने छैन ।
(३) उपनियम (२) बमोजिम कारवाही नभएका दरखास्त वा सूचनाको छुट्टै अभिलेख राख्नु पर्नेछ ।